Logo

२०८३, आश्विन ९गते


images
images

अतिरिक्त क्रियाकलाप

देवदह बुद्ध पब्लिकमा मेहन्दी लगाउने प्रतियोगिता

देवदह बुद्ध पब्लिकमा मेहन्दी लगाउने प्रतियोगिता

images
  • देवदह बुद्ध पब्लिकमा मेहन्दी लगाउने प्रतियोगिता
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा मेहन्दी लगाउने प्रतियोगिता सम्पन्न भएको छ । 'प्रत्येक शुक्रवार विद्यार्थीको प्रतिभासँग' भन्ने अवधारणा अनुरुप कक्षा ११ र १२ का विद्यार्थीहरुबिच प्रतियोगिता गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    प्रतियोगिताको औपचारिक कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले श्रावण महिना हरियालीको महिना भएकाले परापूर्वकालदेखि श्रावण महिनामा हरियो चुरापोते र मेहन्दीको आफ्नो छुट्टै महत्व रहेको उल्लेख गरे । असार-साउन खेतीपातीको महिना भएकाले खेतमा काम गर्ने कृर्षकले आफ्ना हात खुहालाई हिलोबाट जोगाउन प्राकृतिक रङ्गको प्रयोग गर्ने गरेकोमा हाल आएर त्यो कलामा परिणत भएकोले विद्यार्थीको कलालाई प्रस्फुटन गर्न प्रतियोगिता उनको भनाई छ । 

    images
    images
    images

    विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संयोजन रहेको कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल सहायक प्रिन्सिपल वेद सूर्यवंशी, सहायक प्रिन्सिपल रोशी गुरुङ्ग, +२ इन्चार्ज अनन्तराम भण्डारी, गीता पौडेल, प्रेम बहादुर खड्का, दुर्गा ढुङ्गाना, नारायण गौडेल लगायतको उपस्थिति रहेको थियो । 

    images
    images
    images

    प्रतियोगितामा कक्षा ११ र १२ का १५ ग्रुप सहभागी थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।