Logo

२०८३, आश्विन ११गते


images
images

टप इन्ड टी-२० सिरिजमा नेपालको खराब शुरुवात, ४२ रनले पराजित

टप इन्ड टी-२० सिरिजमा नेपालको खराब शुरुवात, ४२ रनले पराजित

images
  • टप इन्ड टी-२० सिरिजमा नेपालको खराब शुरुवात, ४२ रनले पराजित
    images
    images

    काठमाडौँ । नेपालले टप इन्ड टी-२० सिरिजमा खराब शुरुवात गएको छ । सिरिजको पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले हार बेहोर्दै नेपालले प्रतियोगितामा खराब शुरुवात गरेको हो ।

    images
    images
    images

    एनटी स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन बनाएको थियो ।

    images
    images
    images

    नेपालका लागि कुशल मल्लले सर्बाधिक ३४ रन बनाए भने गुलशन झाले २६, कप्तान रोहित पौडेलले २३, दिपेन्द्र सिंह ऐरीले १९ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले ११, कुशल भुर्तेलले ८ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै एनटी स्ट्राइकका बलर माट हामोन्डले ३ विकेट लिए भने केन रिचार्डसन र टम एनड्रयुजले २-२ विकेट लिएका थिए ।       

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको एनटी स्ट्राइकले २० ओभरमा ८ विकेट गुमाउदै १७७ रन बनाएको थियो ।

    एनटी स्ट्राइकका लागि डी आर्सी सर्टले सर्बाधिक ५१ रन बनाएका थिए भने टम आन्ड्रुजले ३२, जोर्डन सिल्कले १९ र कोन्नर कारोलले १८ रन बनाएका थिए ।

    त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने शहाब आलमले २, रुपेश सिंह, दिपेन्द्र सिंह ऐरी, गुलशन कुमार झा र  एक एक विकेट लिएका थिए ।

    नेपालले अब शनिबार बंगलादेश ए सँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।