Logo

२०८३, आश्विन १०गते


images
images

पुटिनसँग शिखर सम्मेलनका लागि अलास्कातर्फ लागे ट्रम्प

पुटिनसँग शिखर सम्मेलनका लागि अलास्कातर्फ लागे ट्रम्प

images
  • पुटिनसँग शिखर सम्मेलनका लागि अलास्कातर्फ लागे ट्रम्प
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग महत्त्वपूर्ण शिखर सम्मेलनका लागि अलास्कातर्फ लागेका छन् ।

    images
    images
    images

    यस सिखर सम्मेलनमा युक्रेन युद्ध रोक्नका लागि महत्वपूर्ण छलफल हुने बताइएको छ ।  

    images
    images
    images

    राष्ट्रपति ट्रम्प केहि बेरअघि संयुक्त बेस एन्ड्रयूजबाट अलास्काका लागि उडेको सिएनएनले उल्लेख गरेको छ ।  यस सिखर सम्मेलनमा अमेरिकाको तर्फबाट राष्ट्रपति ट्रम्पसँगै १६ जना अधिकारीहरू सामेल हुने ह्वाइटहाउसले जानकारी दिएको छ ।

    images
    images
    images

    जसमा विदेश सचिव मार्को रुबियो, अर्थ सचिव स्कट बेसेन्ट, वाणिज्य सचिव हावर्ड लुटनिक, सीआईए निर्देशक जोन रेटक्लिफ, ह्वाइट हाउस प्रेस सचिव कारोलिन लेभिट र अमेरिकी विशेष दूत स्टिभ विटकफलगायत रहेका छन् ।

    त्यस्तै रुसबाट भने राष्ट्रपति पुटिनसहित विदेश नीति सहयोगी युरी उशाकोभ, रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ, रक्षामन्त्री आन्द्रे बेलोसोभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ र वरिष्ठ आर्थिक वार्ताकार तथा रुसको सार्वभौम सम्पत्ति कोषका प्रमुख किरिल दिमित्रीभ सहभागी हुने बताइएको छ ।

    यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि केहीबेरमै अलास्का पुग्ने मिडिया रिपोर्टमा बताइएको छ । पुटिन शुक्रबार बिहान अलास्का जाँदै गर्दा रुसको सुदूर पूर्वी क्षेत्र मगदानमा रोकिएका थिए ।

    पुटिनले रुसको मगदान शहरमा औद्योगिक प्लान्टको भ्रमण र क्षेत्रका गभर्नरसँगको भेटघाट गरेको रुसी मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।