Logo

२०८३, कार्तिक २९गते


images
images

अर्थ मन्त्रालयका १२ सहसचिवको जिम्मेवारी हेरफेर

अर्थ मन्त्रालयका १२ सहसचिवको जिम्मेवारी हेरफेर

images
  • अर्थ मन्त्रालयका १२ सहसचिवको जिम्मेवारी हेरफेर
    images

    काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । शुक्रवार गरिएको निर्णय अनुसार १२ जना  सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।

    images
    images
    images

    अर्थ मन्त्रालयले सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा ल्यायेको छ भने भने टंकप्रसाद पाण्डेलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा पठाएको छ ।

    images
    images
    images

    त्यस्तै, भन्सार विभागका महानिर्देशक महेश भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषक महाशाखा तानिएको छ भने सहसचिव श्याम प्रसाद भण्डारीलाई भन्सारको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

    images
    images

    त्यस्तै टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशक, दिपक लामिछानेलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रक, रमेश अर्याललाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, दिलिप कुमार गौतमलाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पदम कुमार श्रेष्ठलाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासक र विष्णु प्रसाद ज्ञवालीलाई वीरगन्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको जिम्मेवारी तोकिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।