काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरिएकाले अहिले नेपालमा मनसुनको अवस्था कमजोर भएको जनाएको छ । हाल देशको पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था छ ।
यसबीच सबै प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र कोशी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका साथै बाँकी प्रदेशका पहाडी भागका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ ।
तर बाँकी तराईका एक–दुई स्थानमा मात्र वर्षा हुने अनुमान गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology