Logo

२०८३, आश्विन ११गते


images
images

टप इन्ड टी-२० सिरिज

टप इन्ड टी-२० सिरिजमा आज नेपालको सामना बंगलादेश एसँग

टप इन्ड टी-२० सिरिजमा आज नेपालको सामना बंगलादेश एसँग

images
  • टप इन्ड टी-२० सिरिजमा आज नेपालको सामना बंगलादेश एसँग
    images
    images

    काठमाडौँ । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ए टिमको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । यो खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभी म्याक्सबाट हुने भएको छ ।

    images
    images
    images

    यस अघि नेपालले खेलेको पहिलो खेल एनटी स्ट्राइकसँग हार बेहोरेको थियो । त्यस्तै बंगलादेश ए टिमले पनि आफ्नो पहिलो खेल पाकिस्तान ए सँग हार बेहोरेको थियो ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) ले टप इन्ड टी-२० सिरिज खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम अस्ट्रेलिया पठाएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शहाब आलम रहेका छन् । आलम ललित राजबंशी आफ्नी आमाको मृत्यु भएका कारण जान नपाएपछि उनको ठाउमा अस्ट्रेलिया गएका छन् ।

    images
    images
    images

    अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुदै छ ।

    प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशका ए टिम सहभागी हुदैछन् भने शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स र एनटी स्ट्राइक सहभागी हुदैछन् ।

    यस प्रतियोगितामा नेपालले १८ अगस्तमा मेलवर्न स्टार्ससँग, १९ अगस्तमा होबर्ट हुरिक्यान्ससँग, २० अगस्तमा मेलवर्न रेनेगेड्स र २२ अगस्तमा पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ ।

    यी खेलपछि शिर्ष चार स्थानमा हुने टिम सेमिफाइनलमा खेल्ने आयोजकले जानकारी दिएको छ । २०२२ देखि भएको यो प्रतियोगिता यसअघि तीन पटक भएको छ । २०२२ मा ५ टिमबाट शुरु भएको यो प्रतियोगितामा यस पटक ११ टिमले भाग लिएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।