Logo

२०८३, कार्तिक २९गते


images
images

रविलाई नख्खु कारागार लगिंदै

रविलाई नख्खु कारागार लगिंदै

images
  • रविलाई नख्खु कारागार लगिंदै
    फाईल फोटो : रवि लामिछाने
    images

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागार भैरहवाबाट ललितपुरको नख्खु कारागार स्थानान्तरण गरिदै छ  । उनलाई बुद्ध एअरको जहाजमार्फत काठमाडौं लगिँदै छ ।

    images
    images
    images

    सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवा हुन माग गर्दै निवेदन दिएका थिए । अदालतले अनुमति दिएको भए पनि गृह प्रशासनले त्यसलाई रोकेको थियो ।

    images
    images
    images

    कारागार सरुवा रोकिएपछि रास्वपाले संसदमै विरोध जनाएको थियो भने लामिछानेकी पत्नी निकिता पौडेलले विषयलाई अन्तर्राष्ट्रिय मानव अधिकार संस्थासम्म लैजाने चेतावनी दिएकी थिइन् । केही दिनअघि मानव अधिकार आयोगको टोलीले भैरहवा कारागार अनुगमन गर्दा लामिछानेले आफ्नै सुरक्षामा आशंका व्यक्त गरेका थिए । बसाइ असहज भएको उनको भनाइ सार्वजनिक भएपछि सरकारले दबाबमा कारागार सरुवा गर्न निर्णय गरेको हो ।

    images
    images

    लामिछानेलाई काठमाडौं पठाउने तयारीसँगै भैरहवा कारागार बाहिर रास्वपा नेता–कार्यकर्ताको भीड लागेको थियो । उनलाई दिउँसो ३:१० को फ्लाइटमा लैजाने भनिए पनि कारागारबाट बाहिर निकाल्ने प्रक्रिया ढिला भएको थियो ।

    लामिछानेले कारागार सरुवाका लागि जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए । अदालतले जेठ १६ गते अनुमति दिएको थियो । त्यसको करिब ४० दिनपछि मात्र कारागार व्यवस्थापन विभागले सरुवाको निर्णय गरेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।