काठमाडौँ । पाल्पा, सुर्खेत र खोटाङबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको माथागढी गाउँपालिका-१ बस्ने ६२ वर्षीय पुरुषलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट माणीफाँटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ बस्ने ४२ वर्षीय पुरुषलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङको केपिलासगढी गाउँपालिका-५ आमबोटे बस्ने ३७ वर्षीय पुरुषलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी खार्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology