Logo

२०८३, आश्विन १०गते


images
images

पाकिस्तानमा बाढीबाट ४८ घण्टामा ३४० भन्दाबढीको मृत्यु

पाकिस्तानमा बाढीबाट ४८ घण्टामा ३४० भन्दाबढीको मृत्यु

images
  • पाकिस्तानमा बाढीबाट ४८ घण्टामा ३४० भन्दाबढीको मृत्यु
    images
    images

    काठमाडौँ । पाकिस्तानमा बाढीका कारण पछिल्लो ४८ घण्टामा ३४० जना भन्दा बढीको मृत्यु भएको छ ।

    images
    images
    images

    पाकिस्तानी मिडिया जियो न्यूजका अनुसार सबैभन्दा धेरै मृत्यु खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ नदीको बाढी र घरहरू भत्किँदा ३२८ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै गिलगित बाल्टिस्तान मा १२ जना र पाकिस्तान प्रशासित जम्मू कश्मीरमा ११ जनाको मृत्यु भएको छ।

    images
    images
    images

    भारी वर्षाका कारण शुक्रबार पाकिस्तानका विभिन्न जिल्लाहरूमा अचानक बाढी आएको थियो ।

    विभिन्न नौ जिल्लाहरूमा लगभग २ हजार उद्धारकर्मीहरू उद्धारमा संलग्न रहेको र अझै पनि सबै ठाउमा उद्धार गर्न नसकेको बताइएको छ ।

    भारी वर्षाका कारण धेरै क्षेत्रमा पहिरो गएको र धेरै सडकहरू बगाएका छन्, जसले गर्दा सहायता पुर्‍याउन समस्या भइरहेको खैबर पख्तुनख्वाको उद्धार एजेन्सीका प्रवक्ता बिलाल अहमद फैजीले बताएका छन् । सडक नहुदा विशेष गरी भारी मेसिनरी र एम्बुलेन्सहरू पुर्याउन कठिनाइ भएको उनले बताएका छन् । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।