Logo

२०८३, श्रावण ३०गते


images
images

स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्न मुख्यमन्त्री केसीको युके सरकारका प्रतिनिधिलाई आग्रह

स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्न मुख्यमन्त्री केसीको युके सरकारका प्रतिनिधिलाई आग्रह

images
  • स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्न मुख्यमन्त्री केसीको युके सरकारका प्रतिनिधिलाई आग्रह
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न युके सरकारलाई आग्रह गरेका छन् । लुम्बिनीलाई समृद्ध प्रदेश बनाउन स्वाथ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै यू. के. डेलिगेट्सका इन्डो पेसिविक डाइरेक्टर बेन मिलरको टोलीसंग मुख्यमन्त्री केसीले आग्रह गरेका हुन् ।

    images
    images
    images


     
    मुख्यमन्त्री कार्यालय बुटवलमा भएको शिष्टचार भेटघाटमा मुख्यमन्त्री केसीले युके सरकारले लुम्बिनी प्रदेशको स्वास्थ्य र शिक्षालाई पहिलो क्षेत्र मानेर सहयोग गरी दिन अनुरोध गरेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताए । "मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकार स्वास्थ्य, शिक्षा, जलवायू परिवर्तन र सुशासनलाई बढी ध्यान दिएर अगाडि बढेको उल्लेख गर्दै त्यसको विकासका लागि प्रदेश सरकारको नीति र आचारसंहितामा रहेर युके सरकारले सहयोग गरिदिन आग्रह गर्नुभयो," संयोजक विश्वकर्माले भने ।
    received_1089114915260236.jpeg

    images
    images
    images

    भेटका क्रममा मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशका धेरै नागरिकले युकेमा रोजगार एवं बसोबास गरिरहकोले ती नागरिकको लागि सकरात्मक कार्य गरी दिनका लागि आग्रह गर्दै प्रदेश सरकारले सधै सकारात्मक सम्बन्धको अपेक्षा गरेको बताएका थिए ।
     

    images
    images
    images

    मुख्यमन्त्रीले राखेको प्रस्तावमा डाइरेक्टर मिलरले  शिक्षा, स्वास्थ्य, जलवायू, शान्ति सुरक्षा लगायतको विषयमा सहयोग र सहकार्य गरी अगाडि बढ्नका लागि पहल गर्ने बताएका थिए  । मिलरले प्रदेश सरकारसँग हातेमालो गरी प्रदेशको विकासमा सहयोग र सहकार्यताका लागि आफू सधै खुला रहेको बताउँदै भौतिक विकाससंगै मानवीय विकासका लागि समेत आफुहरू इच्छुक रहेको बताएका थिए  । 

     
    मिलरले आफू युके फर्किए पनि आफ्नो टोलीसँग निरन्तर सम्वादमा रहेर काम गर्न लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गरेका थिए । 
     

    भेटघाटमा लुम्बिनी सरकारका प्रमुख सचिव डिल्लीराम शर्मा डेलिगेट्सका इन्डो पेसिविक उप निर्देशक क्यामिला सुग्देन,  यू.के. एड नेपालका निर्देशक नालानेल बेवेन र बुटवल पिसीयू प्रमुख सन्तोष खतिवडा लगायतको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।