Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

मनसुन कमजोर भए पनि देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना

मनसुन कमजोर भए पनि देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना

images
  • मनसुन कमजोर भए पनि देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना
    images

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन हाल केही कमजोर अवस्थामा रहेको जानकारी दिएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरिरहेकाले यसको सक्रियता घटेको हो । तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले वर्षाको प्रभाव भने कायम रहने अनुमान गरिएको छ ।

    images
    images
    images

    हाल देशभर सामान्यतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    images
    images
    images

    आज दिउँसो पनि देशभर सामान्यतया बदली रहनेछ । मधेश प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी भूभागमा वर्षा हुने सम्भावना छ । साथै अन्य प्रदेशका पहाडी भागमा समेत वर्षा हुने अनुमान गरिएको छ ।

    images
    images

    बागमती प्रदेशको पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।