Logo

२०८३, आश्विन ११गते


images
images

ला लिगा

ला लिगा शुरु, बार्सिलोनाको विजयी शुरुवात

ला लिगा शुरु, बार्सिलोनाको विजयी शुरुवात

images
  • ला लिगा शुरु, बार्सिलोनाको विजयी शुरुवात
    images
    images

    काठमाडौँ । यस सिजनको स्पेनिस ला लिगा शुरु भएको छ । ला लिगाको शुरुवाती खेलमा बार्सिलोनाले शानदार शुरुवात गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा बार्सिलोनाले मल्लोर्कामाथि ३-० को जित निकाल्दै नयाँ सिजनको शानदार शुरुवात गरेको हो । बार्सिलोनाको जितमा राफिन्हा, फेरान टोरेज र लामिन यमलले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    यस खेलमा मल्लोर्काका दुई खेलाडीले रातो कार्ड पाएका थिए । खेलको ३३औं मिनेटमा मानु मोर्लनेज र ३९औं मिनेटमा भेडाट मुरीकीले रातो कार्ड पाएपछि मल्लोर्का ९ खेलाडीमा सिमित भएको थियो ।

    images
    images
    images

    गएराती नै भएका अनु खेलमा डिपोर्टिभो आल्भेजले लेभान्तेलाई २-१ ले पराजित गरेको छ भने भलेन्सिया र रियल सोसियडाड १-१ गोलको बराबरी खेलेका छन् । त्यस्तै भिल्ला रियलले आफ्नो पहिलो खेलमा रियल ओभिएडोलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।