Logo

२०८३, आश्विन ११गते


images
images

भारतीय क्रिकेट

भारतीय क्रिकेट बोर्डद्वारा घाइते भएर खेल्न नसक्ने भएमा खेलाडी परिवर्तन गर्ने नियम लागु

भारतीय क्रिकेट बोर्डद्वारा घाइते भएर खेल्न नसक्ने भएमा खेलाडी परिवर्तन गर्ने नियम लागु

images
  • भारतीय क्रिकेट बोर्डद्वारा घाइते भएर खेल्न नसक्ने भएमा खेलाडी परिवर्तन गर्ने नियम लागु
    images
    images

    काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्डले क्रिकेटमा हुने इन्जुरीका विषयमा केहि नियम परिवर्तन गरेको छ । आगामी घरेलु सिजनदेखि लागु हुने गरि खेलका क्रममा चोट लागेर खेल्न नसक्ने भएमा खेलाडीलाई परिवर्तन गर्न सकिने नियम ल्याएको छ ।

    images
    images
    images

    यदि कुनै खेलाडी गम्भीर चोटपटक लागेर खेलमा थप खेल्न सक्ने अवस्थामा छैन भने, उसको ठाउँमा अर्को खेलाडीले मौका पाउने भएको छ । यो नियम बहु-दिवसीय घरेलु खेलहरूमा लागू हुनेछ । अर्थात्, एक दिनभन्दा बढी समयसम्म चल्ने खेलहरूमा यो नियम लागु हुने छ ।

    images
    images
    images

    इङ्ल्यान्डमा हालै भएको एन्डरसन-तेन्डुलकर सिरिजका क्रममा भारतका ऋषभ पन्त र इङ्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्स घाइते भएका थिए । तर नियम अनुसार, टाउकोमा चोट लागेमा मात्र खेलाडीलाई प्रतिस्थापन गर्न सकिने हुनाले पन्तले फ्र्याक्चार खुट्टासहित र वोक्सले आफ्नो भाँचिएको हातसहित खेलेका थिए ।

    images
    images
    images

    सोहि अवस्थालाई ध्यानमा राख्दै भारतको घरेलु क्रिकेटको लागि, बोर्डले अन्य चोटपटकमा पनि प्रतिस्थापनलाई अनुमति दिने निर्णय गरेको छ ।

    यदि कुनै खेलाडीलाई खेलको समयमा गम्भीर चोट लागेको छ भने, प्रतिस्थापनलाई अनुमति दिन सकिन्छ । यो चोट खेलको समयमा र मैदान भित्र हुनुपर्छ । 

    नयाँ खेल अवस्थाको बारेमा जानकारी बीसीसीआईले अहमदाबादमा चलिरहेको अम्पायरहरूको कार्यशालामा दिएको थियो । बीसीसीआईले यो नियम सेतो बल क्रिकेट (सय्यद मुश्ताक अली, विजय हजारे) मा लागू नहुने स्पष्ट पारेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारतीय क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।