Logo

२०८३, आश्विन १०गते


images
images

भिसा निलम्बन

अमेरिकाद्वारा गाजाबासीका लागि आगन्तुक भिसा निलम्बन

अमेरिकाद्वारा गाजाबासीका लागि आगन्तुक भिसा निलम्बन

images
  • अमेरिकाद्वारा गाजाबासीका लागि आगन्तुक भिसा निलम्बन
    images
    images

    काठमाडौँ । अमेरिकाले गाजाबाट आउने मानिसहरूका लागि सबै आगन्तुक भिसा निलम्बन गरिरहेको घोषणा गरेको छ ।

    images
    images
    images

    अमेरिकी विदेश मन्त्रालयले हालका दिनहरूमा अस्थायी उपचार र मानवीय आधारमा केही भिसा जारी गर्न आवश्यक प्रक्रियाको गहन समीक्षाको लागि आगन्तुक भिसा स्थगित गरेको जानकारी दिएको हो ।

    images
    images
    images

    केही प्यालेस्टिनी अधिकार समूहहरूले अमेरिकी निर्णयको निन्दा गरेका छन् । प्यालेस्टिनी बाल राहत कोषले एक विज्ञप्ति जारी गर्दै यो निर्णयले गाजाबाट घाइते र गम्भीर बिरामी बालबालिकाहरूलाई उपचारको लागि अमेरिका पठाउनु पर्ने अवस्थालाई गम्भीर प्रभाव पार्ने बताएको छ ।

    images
    images
    images

    अमेरिकी विदेश विभागको नीतिमा यो परिवर्तन अति दक्षिणपन्थी कार्यकर्ता लौरा लुमरले भिसा कार्यक्रमको आलोचना गर्दै यसलाई बन्द गर्न आग्रह गरेकी थिइन् ।

    प्यालेस्टिनी बाल राहत कोषले २०२४ मा आफ्नो विदेश उपचार कार्यक्रम अन्तर्गत गाजाबाट १६९ बालबालिकालाई बाहिर निकालेको बताएको छ । यी बालबालिकाहरूलाई उपचारको लागि मध्य पूर्व, युरोप, दक्षिण अफ्रिका र अमेरिका लगिएको थियो ।

    ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेदेखि लगभग दुई वर्षदेखि चलिरहेको युद्धमा गाजाका अधिकांश अस्पतालहरू ध्वस्त भएका छन् । यहाँका मानिसहरूले खाद्यान्नको चरम अभावको सामना गरिरहेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भिसा निलम्बन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।