Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

लुम्बिनी, बागमती र कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

लुम्बिनी, बागमती र कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

images
  • लुम्बिनी, बागमती र कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना
    images

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको कारण नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको जनाएको छ ।

    images
    images
    images

    हाल देशभर साधारणतया बदली छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । त्यस्तै कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    images
    images
    images

    आज दिउँसो देशभर सामान्य बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई तथा पहाडी भूभागसहित देशका बाँकी पहाडी क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ । बाँकी तराई भूभागका एक–दुई स्थानमा समेत वर्षा हुनसक्ने अनुमान छ ।

    images
    images

    त्यस्तै लुम्बिनी प्रदेशको तराई, कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कोशी प्रदेशको तराई र पहाड, बागमती प्रदेशको पहाड तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारण र सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।