Logo

२०८३, आश्विन १०गते


images
images

कारबाही

अस्ट्रेलियाको क्वान्टास एयरलाइन्सलाई ५ करोड ९० लाख डलर जरिवाना

अस्ट्रेलियाको क्वान्टास एयरलाइन्सलाई ५ करोड ९० लाख डलर जरिवाना

images
  • अस्ट्रेलियाको क्वान्टास एयरलाइन्सलाई ५ करोड ९० लाख डलर जरिवाना
    images
    images

    काठमाडौँ । अष्ट्रेलियाको एक अदालतले कोभिड-१९ महामारीको समयमा १८२० भन्दा बढी ग्राउन्ड कामदारहरूलाई गैरकानूनी रूपमा बर्खास्त गरेकोमा क्वान्टास एयरलाइन्सलाई ५ करोड ९० लाख डलर जरिवाना गरेको छ ।

    images
    images
    images

    अष्ट्रेलियाली यातायात मजदुर संघले यो निर्णयको स्वागत गरेको छ र यो फेयर वर्क ऐन अन्तर्गत अष्ट्रेलियाली कम्पनीमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना भएको बताएको छ ।

    images
    images
    images

    संघीय अदालतका न्यायाधीश माइकल लीले यो सजायले अन्य कम्पनीहरूको लागि उदाहरण स्थापित गर्ने बताएका छन् । 

    images
    images
    images

    क्वान्टास एयरलाइन्स जरिवाना तिर्न सहमत भएको छ । कम्पनीले स्वीकार गरेको छ कि यो निर्णयले कर्मचारीहरूलाई हानि पुर्‍याउने कार्यहरूको लागि जवाफदेही बनाएको छ । क्वान्टास समूहका सीईओ भेनेसा हडसनले भनिन्- 'हामी १८२० ग्राउन्ड ह्यान्डलिंग कर्मचारीहरू र उनीहरूका परिवारहरूप्रति माफी चाहन्छौं, जसले दुःख भोग्नु परेको थियो ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एयरलाइन्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।