देवदह । न्यू नमूना इंलिश बोर्डिंङ्ग स्कुलमा सकारात्मक अभिभावकत्व विकास तालिम सम्पन्न भएको छ । सोमवार विद्यालयमा आयोजित तालिममा मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले अभिभावकहरुलाई असल अभिभावकत्व विकासबारे प्रशिक्षित गरे ।
प्रशिक्षणको औपचारिक कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिरा बहादुर खत्रीले सकारात्मक उर्जा अत्यावश्यक रहेको बताए । गुनासो र असफलताका अध्यायको अन्त्य गरी सकारात्मक सोच र मानवीय भावनाको विकास गर्नुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा प्रशिक्षक अधिकारीले असल विद्यार्थीको आधार असल अभिभावक भएको विचार व्यक्त गर्दै विभिन्न उत्प्रेरक सामग्रीहरु प्रस्तुत गरेका थिए ।
विद्यालयका प्राचार्य सिवि थापाले विद्यार्थीहरुको क्षमता विकास र उनीहरुमा सकारात्मक भावनाको विकासमा विद्यालयले काम गरिरहेको भएपनि अभिभावकको भूमिका समेत उत्तिकै महत्वपूर्ण हुने विचार व्यक्त गरे ।
कार्यक्रममा ३६५ जना अभिभावक सहभागी रहेको विद्यालयले जनाएको छ ।
विद्यालय संचालक समिति अध्यक्ष केशव भट्टराईको अध्यक्षता रहेको कार्यक्रम शिक्षक कृष्ण प्रसाद पन्थीले संचालन गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology