Logo

२०८३, आश्विन ९गते


images
images

नक्कली शैक्षिक प्रमाणपत्र, होलोग्रामसहित भैरहवाबाट भारतीय नागरिक पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र, होलोग्रामसहित भैरहवाबाट भारतीय नागरिक पक्राउ

images
  • नक्कली शैक्षिक प्रमाणपत्र, होलोग्रामसहित भैरहवाबाट भारतीय नागरिक पक्राउ
    images
    images

    बुटवल । रुपन्देही प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कानपुरस्थित नौवस्तीका २५ वर्षीय अभिषेक यादव रहेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा आइतबार बेलहियास्थित होटल मुक्तिनाथमा प्रवेश गर्न लागेको अवस्थामा यादवलाई नक्कली शैक्षिक प्रमाणपत्रहरुसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले घटना बारे जानकारी दिदै नेपाल र भारतका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरूको नक्कली शैक्षिक प्रमाणपत्रहरू, स्ट्याम्प, होलोग्राम, स्टिकर लगायतको सामग्रीसहित यादवलाई सीमावर्ती क्षेत्र बेलहियाबाट पक्राउ गरिएको बताए ।  

    images
    images
    images

    उनले पक्राउ परेका यादवको साथबाट नेपालको त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट एक सय थान, प्रमाणपत्र ३६ थान, स्ट्याम्प ३ थान, स्ट्याम्प प्याड ५ थान बरामद भएको बताए । उनीसँगबाट त्रिभुवन विश्वविद्यालय (२०१२) लिखित होलोग्राम ४ हजार ४० थान, उच्च माध्यमिक शिक्षा परिषद् (अंग्रेजीमा एचएसईबी) लिखित होलोग्राम २ हजार थान, राष्ट्रिय परिक्षा बोर्ड (अंग्रेजीमा एनईबी) लिखित होलोग्राम १ हजार ६ सय थान, अंग्रेजीमा सीटीईभीटी लिखित होलोग्राम १ हजार ९ सय थान बरामद भएको छ ।

    त्यसैगरी भारतको एमिटी विश्वविद्यालय, जवाहारलाल नेहरु टेक्नोलोजिकल विश्वविद्यालय हैदराबाद, छत्रपति शिवाजी महाराज विश्वविद्यालय कानपुर, असम हाईर सेकेण्डरी एजुकेशन काउन्सिल, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालयको विभिन्न प्रकारका १२ सय बढी प्रमाणपत्रहरु, लेटरप्याड, एडमिट फर्म लगायतका नक्कली कागजात बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।