Logo

२०८३, कार्तिक २९गते


images
images

संसद

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

images
  • आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
    images

    काठमाडौँ । सङ्घीय संसद्को राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ः१५ बजे बस्ने बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

    images
    images
    images

    बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यक्रम तय भएको छ ।

    images
    images
    images

    त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    images
    images

    यसैबीच, आजै बस्ने अर्थसमितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ भने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल हुने कार्यक्रम तय गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।