Logo

२०८३, आश्विन १०गते


images
images

बहुप्रतिक्षित चुनाव

गृहयुद्धको अवस्थामै म्यानमारमा चुनावको घोषणा

गृहयुद्धको अवस्थामै म्यानमारमा चुनावको घोषणा

images
  • गृहयुद्धको अवस्थामै म्यानमारमा चुनावको घोषणा
    images
    images

    काठमाडौँ । म्यानमारमा बहुप्रतिक्षित चुनाव डिसेम्बर २८ देखि शुरु हुने भएको छ । म्यानमारको सेनाले बनाएको निर्वाचन आयोगले डिसेम्बर २८ देखि शुरु हुने निर्वाचन गरेको घोषणा गरेको हो । यो निर्णय यस्तो समयमा आएको हो जब २०२१ मा सेनाले सत्ता कब्जा गरेदेखि देश निरन्तर द्वन्द्व र गृहयुद्धको अवस्थामा छ ।

    images
    images
    images

    आलोचकहरूले पहिले चुनाव केवल सेनाको सत्ता कब्जालाई वैध बनाउने अप्चारिकता मात्र भएको बताइरहेका बेला चिनावको मिति घोषणा गरिएको छ ।निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै चुनाव धेरै चरणहरूमा हुनेछन् र विस्तृत तालिका चाँडै जारी गरिने भएको छ ।

    images
    images
    images

    आयोगले पहिले नै ३३० टाउनशिपहरूलाई निर्वाचन क्षेत्र बनाइएको घोषणा गरेको छ । अहिलेसम्म लगभग ६० राजनीतिक दलहरू दर्ता भइसकेका छन् । यसमा सेनाद्वारा समर्थित युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट पार्टी पनि समावेश छ ।देशका धेरै भागहरू सेनाको नियन्त्रणमा नभएको समयमा यी क्षेत्रहरूमा चुनाव कसरी सञ्चालन हुन्छ भन्नेमा ठुलो प्रश्न रहेको छ ।

    images
    images
    images

    धेरै विपक्षी संगठनहरू र सशस्त्र प्रतिरोध समूहहरूले यो चुनावलाई तोडफोड गर्ने प्रयास गर्ने घोषणा गरेका छन् । गत महिना, सैन्य सरकारले एउटा नयाँ कानून बनाएको थियो जस अन्तर्गत चुनावको विरोध गर्ने वा बिथोल्नेहरूलाई मृत्युदण्डको सजाय दिन सकिन्छ ।

    आलोचकहरूले मिडिया र विपक्षी नेताहरू स्वतन्त्र नभएसम्म यी चुनावहरू कहिल्यै स्वतन्त्र र निष्पक्ष हुन नसक्ने बताएका छन् । हाल देशको आधाभन्दा कम भाग सेनाको नियन्त्रणमा छ । धेरै ठाउँमा गृहयुद्ध जस्तो अवस्था छ । चुनावअघि विद्रोहीहरूबाट नियन्त्रण खोस्न सेनाले जमिन र हवाई आक्रमण तीव्र पारिरहेको छ । पछिल्ला केही हप्ताहरूमा निरन्तर हवाई आक्रमणमा ठूलो संख्यामा नागरिकहरू मारिएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।