कर्णाली । कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
यसअघि २०८१ साल चैत १७ गते बसेको मन्त्रीपरिषद्को बैठकले उक्त मितिलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बुधबार (आज) सम्पूर्ण प्रदेशमा सार्वजनिक बिदा लागू गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।
दिवसको अवसरमा आज बिहान प्रभातफेरि कार्यक्रम गरिएको छ ।
यस्तै बिहीबारसम्म विभिन्न कार्यक्रम गरी स्थापना तथा सहिद दिवसलाई उत्सवका रूपमा मनाइने तयारी भएको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology