Logo

२०८३, आश्विन १०गते


images
images

अभिनेता जीवन लुईँटेलको फिल्म अभिनयमा पुनरागमन

अभिनेता जीवन लुईँटेलको फिल्म अभिनयमा पुनरागमन

images
  • अभिनेता जीवन लुईँटेलको फिल्म अभिनयमा पुनरागमन
    images
    images

    काठमाडौँ ।  अभिनेता जीवन लुईँटेल ७ वर्षपछि फिल्म अभिनयमा फर्किएका छन् । फिल्मसम्बन्धी अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको नयाँ फिल्म ‘सकम्बरी’ बाट लुइँटेलको पुनरागमन हुने भएको हो । बुधवार उनले फिल्म सम्झौता गरेका हुन् । उनीसँगै फिल्ममा अभिनेता अर्पण थापाको पनि महत्वपूर्ण भूमिका हुने भएको छ । 

    images
    images
    images

    फिल्ममा अनुबन्धको सम्झौतापछि लुइँटेलले सामाजिक सञ्जालमा केही वर्षको कमर्शियल ब्रेकपछि फर्किएको बताएका छन् । उनले भनेका छन्- 'केही वर्षको कमर्शियल ब्रेकपछि म फर्किएको छु । फिल्म ‘सकम्बरी’मा ‘सुयोगवीर’को रुपमा फर्किँदैछु । मैले धेरै पटकथाहरू खोजेँ, तर मेरो मनलाई पछ्याएँ र यो रोजेँ । अनुभवी अर्पण थापासँग स्क्रिन सेयर गर्न म उत्साहित छु ।’

    images
    images
    images

    गत महिना कान्तिपुर थिएटरले मञ्चन गरेको नाटक ‘शिरीषको फूल’मा पनि जीवनले ‘सुयोगवीर’कै भूमिकामा अभिनय गरेका थिए । अब सोही पात्र उनले फिल्ममा निर्वाह गर्नेछन् । अर्पण भने ‘शिवराज’को भूमिकामा देखिने बताइएको छ ।

    images
    images
    images

    फिल्मको छायांकन म्यानमार (बर्मा) र नेपालमा हुने बताइएको छ । तिहारपछि छायांकन सुरु हुने फिल्मका निर्देशक र मुख्य अभिनेत्री (सकम्बरी) बारे अझै तय नभएको निर्माण पक्षले जानकारी दिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीवन लुईँटेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।