काठमाडौँ । निजी विद्यालयले आफ्ना माग अगाडी सार्दै आन्दोलनको घोषणा गरेका छन् । निजी विद्यालयको संस्था प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
उनीहरुले शिक्षा ऐनमा पूर्ण छात्रवृति हटाउनुपर्ने, निजी विद्यालयहरुले विहिवार काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकाल्नेदेखि स्कुल बसको प्रदर्शन, बससहित कालोझण्डा लिएर चक्रपथ र्याली, संसद धर्नासम्मका कार्यक्रम सार्बजनिक गरेका छन् ।
प्रमुख माग:
१- "पूर्ण छात्रवृत्ति" भन्ने शब्द हटाइनु पर्ने ।
२- विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना (खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।
३- कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई "गैर नाफामूलक" बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने ।
४- छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।
५- छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १०(क) मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान- जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।
आन्दोलनका कार्यक्रम:
१- २०८२ भाद्र ५ गते विहान ११ वजे देखि १ वजेसम्म माइतीघर मण्डलामा सम्पूर्ण प्रिन्सिपलहरू व्यानर सहित नयाँ बानेश्वरचोकसम्म न्याली निकाली पुन माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने ।
२- क- २०८२ भाद्र ६ गते विहान ११ वजे देशैभरिका स्कुलबसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने ।
ख- काठमाडौं उपत्यकामो २७ किमी चक्रपथवरिपरि स्कुलबसहरूको कालो झण्डा / व्यानर सहित न्याली गर्ने ।
३- २०८२ भाद्र ६ गते दिनको ठिक १ बजे माइतीघर मण्डलामा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउ / धर्ना गर्ने ।
४- २०८२ भाद्र ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology