काठमाडौँ । स्वीडेनको किरुनामा रहेको ११३ वर्ष पुरानो किरुना चर्चलाई पाङ्ग्रामा ३ माइल (५ किलोमिटर) टाढा सारिएको छ । संसारको सबैभन्दा ठूलो फलाम खानी किरुना मुनि अवस्थित छ, जसले शहरलाई हानि पुर्याउन सक्छ । त्यसैले, यो ऐतिहासिक चर्चलाई बचाउन यसलाई नयाँ ठाउँमा सारिएको बताइएको छ ।
यो चर्चको निर्माण १९१२ मा सम्पन्न भएको थियो । यो खानी कम्पनी एलकेएबीद्वारा निर्माण गरिएको थियो । यो चर्च काठबाट बनेको छ ।
६०० टनको चर्चलाई सार्नको लागि विशेष ट्रेलर प्रयोग गरिँएको थियो । प्रति घण्टा ५०० मिटरको गतिमा यो ट्रेलरले दुई दिनमा आफ्नो यात्रा पूरा गरेर नयाँ गन्तव्यमा पुगेको छ । चर्चलाई सारिएको हेर्न ठुलो भिड लागेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology