Logo

२०८३, आश्विन ११गते


images
images

टप इन्ड टी-२० सिरिज

टप इन्ड टी-२० सिरिज : पाकिस्तान शाहिन्सले टस जित्यो, नेपाललाई बलिङको निम्तो

टप इन्ड टी-२० सिरिज : पाकिस्तान शाहिन्सले टस जित्यो, नेपाललाई बलिङको निम्तो

images
  • टप इन्ड टी-२० सिरिज : पाकिस्तान शाहिन्सले टस जित्यो, नेपाललाई बलिङको निम्तो
    images
    images

    काठमाडौँ । अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो छैटौं तथा अन्तिम खेल पाकिस्तान शाहिन्स सँग खेल्दैछ । यो पाकिस्तानको ए टिम हो ।

    images
    images
    images

    यस खेलमा पाकिस्तान शाहिन्सले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै यस खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

    images
    images
    images

    नेपालले सिरिजमा यस अघि खेलेका ५ खेलमा २ जित र तीन खेलमा हार बेहोरेको छ । नेपाल हाल अंक तालिकामा सातौं स्थानमा रहेको छ र सेमिफाइनलको सम्भावना अब निकै कम रहेको छ । 

    images
    images
    images

    नेपालले पहिलो खेलमा एनटी स्ट्राइकसँग, दोस्रो खेलमा बंगलादेश ए सँग र तेस्रो खेलमा मेलवर्न स्टार्ससँग हार बेहोरेको थियो भने चौथो खेलमा होबार्ट हुरीक्यान्सलाई र पाँचौं खेलमा मेलवर्न रेनेगेड्सलाई पराजित गरेको थियो । त्यस्तै पाकिस्तान ए टिमले भने अहिलेसम्म खेलेका ५ खेलमा ३ जित र २ हार बेहोरेर अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । 

    यस खेलमा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, सोमपाल कामी, नन्दन यादव र लोकेस बम खेल्दैछन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।