देवदह । रुपन्देहीको देवदह ईङ्ग्लिस बोर्डिङ हाई स्कूलमा शुक्रवार तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा साप्ताहिक रुपमा सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।
प्रतियोगिताले विद्यार्थीको प्रतिभा अभिव्यक्त गर्न तथा मौलिक संस्कृतिको जगेर्नामा सहयोग पुर्याउने विद्यालयले जनाएको छ ।
प्रतियोगितामा कक्षागत (१-२) समूहमा कक्षा १ लिलिका विद्यार्थी प्रथम भए भने जुनियर (३-४) समूहमा कक्षा ३ लिलि प्रथम बने । सब–सिनियर (५-७) कक्षाको अन्तरसदन प्रतियोगितामा रातो सदन र सिनियर (८-१०) समूहमा पहेलो सदनले प्रथम स्थान हासिल गरे ।
कार्यक्रम विद्यालयकी आन्तरिक व्यवस्थापक सुजाता लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । सह–प्राचार्य विष्णु प्रसाद अर्याल, विद्यार्थी दिया न्यौपाने र अनुश्रा पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । नृत्य शिक्षक खुसी क्षेत्री, सङ्गीत शिक्षक सुमन गुरुङ र शिक्षिका भगवती तिवारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology