Logo

२०८३, आश्विन ११गते


images
images

टप इन्ड टी-२० सिरिज

पाकिस्तान शाहिन्ससँग नेपाल एक रनले पराजित

पाकिस्तान शाहिन्ससँग नेपाल एक रनले पराजित

images
  • पाकिस्तान शाहिन्ससँग नेपाल एक रनले पराजित
    images
    images

    काठमाडौँ । नेपाल पाकिस्तान शाहिन्ससँग एक रनले पराजित भएको छ ।

    images
    images
    images

    अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत पाकिस्तान शाहिन्सले दिएको १४५ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १४३ रन बनाएपछि नेपाल एक रनले पराजित भएको हो ।

    images
    images
    images

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ५२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित ४१ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले २७, लोकेश बमले १० रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै पाकिस्तान शाहिन्सका बलर मुहमद वाशिम जुनियरले २ विकेट लिएका थिए ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तान शाहिन्सले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो । पाकिस्तानका लागि इरफान खान नियाजले सर्बाधिक अविजित ४२ रन बनाए भने अब्दुल सामदले २६, मुहमद वासीम जुनियरले २३ र यासिर खानले १८ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले २-२ तथा कुशल भुर्तेलले एक विकेट लिएका थिए ।

    यो हारसँगै नेपालको टप इन्ड सिरिजबाट बाहिरिएको छ भने पाकिस्तान शाहिन्स सेमिफाइनलमा पुगेको छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।