Logo

२०८३, आश्विन ११गते


images
images

साफ यू–१७ महिला च्याम्पियनसिपमा भुटानमाथि नेपालको कमब्याक जित

साफ यू–१७ महिला च्याम्पियनसिपमा भुटानमाथि नेपालको कमब्याक जित

images
  • साफ यू–१७ महिला च्याम्पियनसिपमा भुटानमाथि नेपालको कमब्याक जित
    images
    images

    काठमाडौं । नेपालले साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत आयोजक भुटानमाथि जित हासिल गरेको छ ।

    images
    images
    images

    शुक्रबार सम्पन्न खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा १-० गोल अन्तरले पछि परेको नेपालले दोस्रो हाफमा कमब्याक गर्दै २-१ को जित निकालेको हो । यो नेपालको दोस्रो खेलमा पहिलो जित हो । नेपालले पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो ।

    images
    images
    images

    त्यस्तै भुटानले भने लगातार दोस्रो हार बेहोरेको छ । भुटानले यस अघि पहिलो खेलमा बंगलादेशसँग ३-१ गोलको हार बेहोरेको थियो ।

    images
    images
    images

    नेपालले अब प्रतियोगितामा अब अर्को खेल अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।