Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

देशभर मनसुन सक्रिय, भारी वर्षाको चेतावनी

देशभर मनसुन सक्रिय, भारी वर्षाको चेतावनी

images
  • देशभर मनसुन सक्रिय, भारी वर्षाको चेतावनी
    images

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेकाले देशभर मनसुन गतिविधि बढ्ने देखिएको छ ।

    images
    images
    images

    हाल बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा साधारणतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ । बाग्मती प्रदेशका केही स्थान, गण्डकी र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    images
    images
    images

    दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यस्तै लुम्बिनी, बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    images
    images

    बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने चेतावनी दिँदै महाशाखाले सतर्क रहन र पछिल्लो मौसमी जानकारी लिन आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।