Logo

२०८३, आश्विन १०गते


images
images

फिल्म ‘जनै हराएको मान्छे’ हेरेपछि दर्शक भावुक

फिल्म ‘जनै हराएको मान्छे’ हेरेपछि दर्शक भावुक

images
  • फिल्म ‘जनै हराएको मान्छे’ हेरेपछि दर्शक भावुक
    images
    images

    काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आफ्ना बुवाआमालाई हलमा लगेर देखाउन निर्माणपक्षले आग्रह गरेको छ । शनिबार बुवाको मुख हेर्ने दिनको अवसरमा बुवाआमा हुनेहरूलाई हलमा लगेर देखाउन निर्माण पक्षको आग्रह छ ।“शनिबार बुवाको मुख हेर्ने चाड छ । हाम्रो चलचित्रले बुवाआमाको खुसीका लागि छोराले गर्ने संघर्षको कथा छ ।

    images
    images
    images

    त्यसैले यदि, कोही छोराछोरीले आफ्ना बावुआमालाई हलमा लगेर देखाउँछ भने त्यही नै बुवाको मुख हेर्ने दिनको सच्चा उपहार हुनेछ,” जनै हराएको मान्छेका लागि मुख्य कलाकार विजय बरालले भने, “सायद यो भन्दा ठूलो उपहार अरु केही हुँदैन । जुन छोराछोरीले आफ्ना बुवाआमालाई यो सिनेमा देखाउँछन्, यो नै अमूल्य उपहार हुनेछ ।”अभिनेत्री केकी अधिकारीले छोरीहरूले चाहेर पनि बुवा, भाइ तथा माइतीका लागि गर्न नसक्ने अवस्थामा रहने कथा चलचित्रले देखाएकाले छोरीहरूले बुवाको मुख हेर्ने दिन यो सिनेमा बुवालाई देखाउनुपर्ने बताउँछिन् ।

    images
    images
    images

    “हाम्रो समाजमा कति आफ्नै आर्थिक अवस्था कमजोर हुँदा र कतिपय अवस्थामा सामाजिक परिवन्धले माइतीलाई सहयोग गर्ने अवस्था हुँदैन,” केकी भन्छिन्, “जनै हराएको मान्छेमा बुवासँग कसरी छोरी छुटेर टाढा पुग्छिन् र भाइसँगको सम्बन्ध कस्तो रहन्छ भन्ने देखाइएको छ । छोरीहरू कसरी खुलेर कुरा गर्न सक्दैनन्, त्यो देखाउन पनि छोरीहरूले बुवाको मुख हेर्ने दिन यो सिनेमा हेर्न लैजानुपर्छ ।”यस्तै, अभिनेत्री मिरुना मगरले दर्शकको अनुभव साझा गर्दै भनिन्, “हाम्रो समाज अन्तरमुखी छ ।

    images
    images
    images

    धेरै कुरा मनमा राख्छौं तर अभिव्यक्त गर्न सक्दैनौं । दर्शकले यो फिल्मले आफ्नो मनको कुरा बोलेको भन्दै धन्यवाद दिएका छन् ।”लाविम महल, सिटी स्क्वायर, सिभिल महल, एफक्युबलगायतका महलमा पुगेका विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, भोलाराज सापकोटालगायत कलाकार दर्शकको प्रतिक्रिया लिन हलमा पुगेका थिए ।

    हलमा दर्शकले सिनेमाले बुवाआमालाई सम्झाएको, नोस्टाल्जिक बनाएको बताएका थिए । दर्शकको प्रतिक्रिया पाएपछि विजय र केकीले बुवाको मुख हेर्ने दिन ‘जनै हराएको मान्छे’ देखाउन आग्रह गरेका हुन् ।“हाम्रो समाज अन्तरमुखी छ । हामी कति कुरा चाहेर पनि बुवाआमालाई भन्न सक्दैनौँ ।

    बुवाआमाको अथाह माया लाग्छ, उहाँहरूलाई कसरी खुसी र सुखी राख्ने भनेर दिनरात काम गरे पनि भन्न सक्दैनौँ,” मिरुनाले भने, “दर्शकले आफ्नो कथा सिनेमाले भन्दिएको भन्दै धन्यवाद दिनु भएको छ । आफ्नो मनको कुरा भन्न नसक्नेहरूले त झनै यो सिनेमा देखाउनुपर्छ ।”शुक्रबारबाट रिलिज भएको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’लाई हलमा दर्शकको उत्कृष्ट वर्ड अफ माउथ मिलेको छ । पारिवारिक उतारचढाव देखाएको चलचित्रलाई दर्शकले आफ्नै जिन्दगीको कथासँग रिलेट गरिरहेका छन् ।

    अधिकांश दर्शकले सिनेमाले भावुक बनाएको बताएका छन् । कति दर्शक त रोइरहेका भिडियोहरू आइरहेका छन् । यो चलचित्र हेरेका दर्शकले बुवाआमालाई सम्झाएको र भावुक बनाएको प्रत्यक्ष भेटघाटमा पुगेका कलाकारहरुसँग प्रतिक्रिया दिएका थिए ।‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा विजय बराल र केकी अधिकारीसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे’ चलचित्रको असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।