Logo

२०८३, कार्तिक २९गते


images
images

लिपुलेक व्यापारिक सम्झौता

चीन र भारतको लिपुलेक व्यापारिक सम्झौतामा रुपन्देहीका वामपन्थी दलहरूको आपत्ति

चीन र भारतको लिपुलेक व्यापारिक सम्झौतामा रुपन्देहीका वामपन्थी दलहरूको आपत्ति

images
  • चीन र भारतको लिपुलेक व्यापारिक सम्झौतामा रुपन्देहीका वामपन्थी दलहरूको आपत्ति
    images

    रुपन्देही । रुपन्देहीमा सक्रिय विभिन्न वामपन्थी दलहरूले संयुक्त बैठक गर्दै चीन र भारतबीच नेपालको सहभागिता विना लिपुलेक पास हुँदै व्यापार खोल्ने निर्णयप्रति कडा आपत्ति जनाएका छन् । भदौ ६ गते बसेको बैठकले देशको भौगोलिक अखण्डता र सार्वभौमिकतामाथि धक्का पुग्ने गरी भएको सहमतिको विरोध गर्दै तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।

    images
    images
    images

    बैठकले जारी गरेको संयुक्त विज्ञप्तिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य भूभाग रहेको उल्लेख गर्दै नेपालको अनुमति विना व्यापारिक मार्ग खोल्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र राष्ट्रिय हितविरुद्धको कदम भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “महाकाली नदीको पूर्वतर्फ रहेको भूभाग दशकौँदेखि भारतले कब्जा गरेको छ । पछिल्लो समय चीनले समेत भारतीय नक्सामा सो भूभाग समावेश गर्न दिँदा साम्राज्यवादी शक्तिहरू नेपालको सार्वभौमिकता उल्लंघन गर्न तत्पर रहेको प्रस्ट भएको छ ।”

    images
    images
    images

    बैठकले इजरायलद्वारा प्यालेस्टिनी जनतामाथि भइरहेको आक्रमण र नरसंहारको समेत विरोध गरेको छ । गाजामा हजारौँ नागरिकको हत्या, लाखौँको विस्थापन र खाद्यान्न तथा उपचारको अभावमा भइरहेको मृत्यु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ । बैठकले युद्ध अन्त्य गर्दै प्यालेस्टिनी जनताको जीवनरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिन नेपाल सरकारले भूमिका खेल्नुपर्ने माग समेत गरेको छ ।

    images
    images

    संयुक्त विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र), नेकपा (एस), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देहीका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।