Logo

२०८३, आश्विन ९गते


images
images

प्याब्सन देवदहद्वारा गणित विषय शिक्षकलाई एकदिने तालिम

प्याब्सन देवदहद्वारा गणित विषय शिक्षकलाई एकदिने तालिम

images
  • प्याब्सन देवदहद्वारा गणित विषय शिक्षकलाई एकदिने तालिम
    images
    images

    देवदह । देवदहमा गणित विषय अध्यापनरत शिक्षकहरूलाई शनिवार एकदिने तालिम दिइएको छ । प्याब्सन देवदहको आयोजनामा संचालित तालिममा सहभागी ५० जना शिक्षकहरुले गणित विषय सिकाउने सजिला र प्रभावकारी विधिबारे छलफल गरे ।

    images
    images
    images

    बेदान्त पब्लिकेशनको सहयोग र न्यु एमके स्टेशनरी बुटवलको प्रायोजनमा संचालन भएको तालिममा प्याब्सन देवदहमा आबद्ध १० वटा विद्यालयका प्राथमिक तहदेखि माध्यमिक तहसम्म गणित विषय अध्यापन गर्ने शिक्षकहरु सहभागी थिए । 

    images
    images
    images

    तालिमको औपचारिक समारोहमा बोल्दै प्याब्सन रुपन्देहीका सल्लाहकार एकनारायण काफ्लेले तालिमले शिक्षकलाई उर्जा प्रदान गर्ने, विषयवस्तुमा निखारता ल्याउन सहयोग पुर्याउने र शिक्षण सिकाईमा सुधार हुने विश्वास व्यक्त गरे । 

    images
    images
    images

    तालिम सहजकर्ता बेदान्त पब्लिकेशनका लेखक तथा प्रशिक्षक हुकुम प्रसाद दाहालले गणित विषय अध्यापनका नविनतम विधिहरुबारे चर्चा गरे ।

    प्रशिक्षार्थी शिक्षकको प्रतिनिधित्व गर्दै देवदह बुद्ध पब्लिक माविका सह-प्राचार्य बेद सूर्यवंशी र ग्रीन प्लाण्ट आवासीय माविका सह-प्राचार्य शंकर सुवेदीले तालिमले शिक्षण सिकाइमा सहयोग पुर्याउने विचार व्यक्त गरे । 

    प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षता रहेको कार्यक्रममा बेदान्त पब्लिकेशनका प्रबन्ध निर्देशक जीवन श्रेष्ठ, न्यु एमके स्टेशनरीका सन्तोष खनाल लगायतको उपस्थिति रहेको थियो ।

    प्याब्सन देवदहका सचिव कृष्ण प्रसाद गैरेको संचालन रहेको कार्यक्रममा कोषाध्यक्ष टीकाराम चापागाईंले सहभागीलाई स्वागत गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।