Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

देशभर मनसुन सक्रिय, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

images
  • देशभर मनसुन सक्रिय,  तीन प्रदेशमा भारी वर्षाको सम्भावना
    images

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहँदा मनसुन गतिविधि केही बढेको देखिएको छ ।

    images
    images
    images

    हाल देशका पहाडी भू-भागमा साधारण बदली छ भने अन्य भू-भागमा आंशिक बदली छ । बागमती प्रदेशका थोरै स्थान, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    images
    images
    images

    आज दिउँसो देशभर सामान्य बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिमका पहाडी भू-भागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । मधेश, कोशी र लुम्बिनीका तराई भू-भागमा हावाहुरी चल्ने सम्भावना पनि छ ।

    images
    images

    महाशाखाले बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायात प्रभावित हुनसक्ने चेतावनी दिएको छ । सतर्क रहन र पछिल्ला मौसमी विवरण नियमित रुपमा लिन महाशाखाले सर्वसाधारण र सरोकारवालालाई आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।