Logo

२०८३, आश्विन ११गते


images
images

भारतीय क्रिकेटर पुजाराले लिए सबै प्रकारका क्रिकेटबाट सन्यास

भारतीय क्रिकेटर पुजाराले लिए सबै प्रकारका क्रिकेटबाट सन्यास

images
  • भारतीय क्रिकेटर पुजाराले लिए  सबै प्रकारका क्रिकेटबाट सन्यास
    images
    images

    काठमाडौँ । भारतीय क्रिकेटर चेतेश्वर पुजाराले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीय पुजाराले आइतबार सबै प्रकारका क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् ।

    images
    images
    images

    पुजाराले लेखेका छन्- 'भारतीय जर्सी लगाउने, राष्ट्रिय गान गाउने र मैदानमा पाइला टेक्दा हरेक पटक आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने - यसलाई शब्दमा व्यक्त गर्न गाह्रो छ । तर भनिन्छ, सबै राम्रा कुराहरूको अन्त्य हुन्छ र मैले सबै प्रकारका भारतीय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु ।'

    images
    images
    images

    २०१० मा भारतीय क्रिकेट टोलीमा डेब्यू गरेका चेतेश्वर पुजाराले १०३ टेस्ट खेलमा ७१९५ रन बनाएका छन्, जसमा १९ शतक र ३५ अर्धशतक समावेश छन् । उनको व्यक्तिगत उत्कृष्ट स्कोर २०६ अविजित रहेको छ ।

    images
    images
    images

    गुजरातको राजकोटमा जन्मिएका शान्त र कोमल चेतेश्वरका बुबा र प्रशिक्षक अरविन्द पुजारा पूर्व रणजी ट्रफी खेलाडी हुन् ।

    सुरुदेखि नै, चेतेश्वर आफ्नो लामो इनिङ र धैर्यका लागि परिचित छन् । पुजाराले अण्डर-१४ मा इङ्गल्याण्ड विरुद्ध तेहेरो शतक र अण्डर-१९ मा दोहोरो शतक बनाएका थिए ।

    उनले डेल स्टेन, भेरोन फिलान्डर, मोर्ने मोर्केल र ज्याक कालिस जस्ता बलरहरूको सामना गरेर टेस्ट क्रिकेटमा अलग छबि बनाएका थिए ।

    २०१८-१९ मा भारतले अष्ट्रेलियामा ४ टेस्ट शृङ्खला जित्यो । यस ऐतिहासिक जितमा पुजाराले १२५८ बल खेले र ३ शतक बनाए र उनी म्यान अफ द सिरिज बनेका थिए । २०२० पछि, चेतेश्वर पुजाराको खराब फर्म सुरु भयो र २०२० देखि २०२३ सम्म उनले केवल एक शतक बनाउन सके । यस अवधिमा उनको औसत ३० भन्दा कम थियो ।

    पुजाराले आफ्नो अन्तिम टेस्ट खेल जुन २०२३ मा अष्ट्रेलिया विरुद्ध विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा खेलेका थिए । त्यसपछि उनी टिममा परेका थिएनन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।