बुटवल । तिलोत्तमा–१ ड्राइभरटोलस्थित लुम्बिनी सिटी कलेजले तीज विशेष कार्यक्रमसहित विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कलेजमा सञ्चालित बीएससी सीएसआईटी, बीआईटीएम र बीसीए कार्यक्रमका विद्यार्थीको सहभागितामा आयोजित कार्यक्रममा तीज गीत–नृत्य, दर तथा सम्मान कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले भर्खरै प्रकाशित विभिन्न सेमेष्टर नतिजामा 'लुम्बिनी प्रदेश प्रथम' भएका किशोर पाण्डे, अविनाश श्रेष्ठ र प्रकृति सिंहलाई सम्मान गरिएको थियो ।
यस्तै, नेसनल ह्याकाथोन प्रतियोगितामा प्रथम भएका आयुष चापागाईं, विवेक भुसाल, वर्षा पन्थी र सुप्रिया श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
कलेज प्रमुख प्रा.डा. गणेश प्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलोत्तमा नगरपालिका–१ का वडाअध्यक्ष फर्शुराम गिरी, कलेज सञ्चालक समिति सदस्य हरिहर भण्डारी र प्राध्यापकहरू उपस्थिति रहेको थिए ।
कार्यक्रममा बीएससी सीएसआईटी कार्यक्रमका संयोजक सुजन ढकालले स्वागत मन्तव्य राखे भने सहायक क्याम्पस प्रमुख नारायण प्रसाद भुसालले कलेजको हालसम्मको उपलब्धि र आगामी कार्यदिशाबारे जानकारी दिए । कार्यक्रमको सञ्चालन कलेज लेखा शाखा प्रमुख कृष्ण भुसाल र विद्यार्थी कल्पित नेपालले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology