Logo

२०८३, आश्विन ९गते


images
images

वीरगञ्ज हैजा

वीरगञ्ज हैजा प्रकोप नियन्त्रणका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा

वीरगञ्ज हैजा प्रकोप नियन्त्रणका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा

images
  • वीरगञ्ज हैजा प्रकोप नियन्त्रणका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा
    images
    images

    काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज गृह मन्त्रालयमा सम्पन्न भएको छ । बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

    images
    images
    images

    उनले भने- 'विभिन्न माग राखि भइरहेका धर्ना, जुलुश, आन्दोलन तथा अवाञ्छित गतिविधीहरुलाई मध्यनजर गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ ।' प्रवक्ता काफ्लेले भने– 'मुलुकभरको शान्ति सुरक्षाका विषयमा गहन समीक्षा भयो ।'

    images
    images
    images

    त्यसैगरी बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा प्रकोपलाई मध्यनजर गरी आवश्यक परेर तत्काल मेडिकल टिमसहित परिचालन गर्ने तयारी भएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले हैजा प्रकोप मध्यनजर गरेर आवश्यक परेर तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् ।

    images
    images
    images

    प्रवक्ता काफ्लेले भने- 'चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ । सोही अनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेको छ ।

    बैठकमा गृहसचिब गोकर्णमणि दुवाडी सहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी सहभागी थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।