Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथामा तीज गीत नृत्य प्रतियोगिता, ३० समूहको सहभागिता

सगरमाथामा तीज गीत नृत्य प्रतियोगिता, ३० समूहको सहभागिता

images
  • सगरमाथामा तीज गीत नृत्य प्रतियोगिता, ३० समूहको सहभागिता
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयमा तीज विशेष तीज गीत नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सगरमाथा बाल क्लब र इन्टरयाक्ट क्लब अफ सगरमाथाको सहआयोजनामा भएको प्रतियोगितामा कक्षा १ देखि १० सम्मका ३० समूहले प्रतिस्पर्धा गरे ।

    images
    images
    images

    कार्यक्रमको औपचारिक समारोहलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरूले आफ्ना परम्परा र चाडपर्वलाई संरक्षण गर्दै मौलिक तरिकाले मनाउनुपर्नेमा जोड दिए । 'संस्कृति हाम्रो सम्पत्ति हो । यसको संरक्षण गर्दै समयानुकुल विकास गर्नु हामी सबैको दायित्व हो' उनले भने । 

    images
    images
    images

    प्रतियोगितामा कक्षा १, २, ३ तर्फ युनिका पुनको समूह प्रथम, अफिया रखाली मगरको समूह द्वितीय र केश्मी थापाको समूह तृतीय भए । कक्षा ४, ५, ६ तर्फ जिया वानियाको समूह प्रथम, स्वस्तिका क्षेत्रीको समूह द्वितीय र इप्शु पोखरेल तथा कनिस्का रानाको समूह तृतीय बने । कक्षा ७, ८, ९, १० तर्फ जान्वी मास्केको समूह प्रथम, रोशनी चौधरीको समूह द्वितीय र प्रनिशा गाहाको समूह तृतीय स्थानमा रह्यो ।

    images
    images
    images

    विद्यालय सञ्चालक कल्पना पौडेलको अध्यक्षता र शिक्षक मिना कुवँरको सञ्चालनमा सम्पन्न कार्यक्रमको निर्णायकमा शिक्षक रोशन गुरुङ र हिरिक बी.के. रहेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।