Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

मनसुन सक्रिय, धेरै स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, धेरै स्थानमा भारी वर्षाको सम्भावना

images
  • मनसुन सक्रिय, धेरै स्थानमा भारी वर्षाको सम्भावना
    images

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहनुका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव जारी रहेको जनाएको छ ।

    images
    images
    images

    हाल कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ । गण्डकी र लुम्बिनीका केही स्थान, कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थान तथा कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    images
    images
    images

    आज दिउँसो देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा, लुम्बिनीका साथै अन्य प्रदेशका पहाडी भू-भागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षा र लुम्बिनी तथा सुदूरपश्चिमको तराईमा हावाहुरीको सम्भावना रहेको पूर्वानुमान छ ।

    images
    images

    गण्डकीका पहाडी भू-भाग तथा कर्णाली र सुदूरपश्चिमका पहाडी र तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले पछिल्लो मौसमी सूचना लिन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।