Logo

२०८३, कार्तिक २९गते


images
images

रक्तदान

१०० घण्टामा एक लाख पिन्ट रक्त संकलन अभियान : देवदहमा ४३ जनाले गरे रक्तदान

१०० घण्टामा एक लाख पिन्ट रक्त संकलन अभियान : देवदहमा ४३ जनाले गरे रक्तदान

images
  • १०० घण्टामा एक लाख पिन्ट रक्त संकलन अभियान : देवदहमा ४३ जनाले गरे रक्तदान
    images

    बुटवल । ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयले विश्वव्यापी रुपमा सञ्चालन गरेको १०० घण्टामा एक लाख पिन्ट रगत संकलन गर्ने अभियान अन्तर्गत देवदहमा पनि रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ६ गतेदेखि सुरु भएको यस अभियान अन्तरगत विश्वका १४० भन्दा बढी देशमा रक्तदानका कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

    images
    images
    images

    विश्वविद्यालयकी पूर्व अन्तर्राष्ट्रिय मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणीको १८ औं स्मृति दिवस एवं विश्व बन्धुत्व दिवसको अवसरमा आइतवार देवदहमा आयोजित कार्यक्रममा ४३ पिन्ट रगत संकलन भएको आयोजकले जानकारी दिएको छ ।

    images
    images
    images

    देवदहस्थित ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले ऐतिहासिक अभियानमा देवदह पनि जोडिनु गौरवको विषय भएको बताए । उनले देवदहलाई अध्यात्मिक स्थलका रुपमा परिचित गराउँदै रक्तदानजस्ता पवित्र कार्यमा सबैले सहभागी हुनु आवश्यक रहेको उल्लेख गरे ।

    images
    images
    blood donation १ .jpg

    देवदह नगर प्रवक्ता तथा देवदह–५ का अध्यक्ष गणेश डुम्रेले मानसिक शान्ति अहिलेको पहिलो आवश्यकता भएको बताउँदै कर्मको महत्व र सकारात्मक सोचले नै जीवनलाई सन्तुलित बनाउन सक्ने धारणा राखे । उनले विश्वव्यापी तथ्यांक प्रस्तुत गर्दै आगामी २० वर्षमा प्रत्येक घरमा एक जना मानसिक रोगी हुने सम्भावना रहेको चेतावनी दिए । उनले भने, “मानसिक रोगीले खाने औषधिको प्रयोग हाल ४० प्रतिशतले वृद्धि भएको तथ्याङ्क देखाउँछ ।”

    देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष वासुदेव रिमालले रक्तदानलाई बन्धुत्व र मानवतावादको सबैभन्दा ठुलो भावनासँग जोड्दै निरन्तर रक्तदान अभियान चलाउन आग्रह गरे । नेपाली कांग्रेस देवदह नगर सभापति गुनाखर भुर्तेलले रक्तदान जस्तो जीवनरक्षक कार्यमा राजनीतिक भेदभावभन्दा माथि उठी सबैले सहभागी हुनुपर्नेमा जोड दिए ।

    देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले १०० घण्टामा एक लाख पिन्ट रगत संकलन गर्ने संकल्प मानवीय कार्य मात्र नभएर ऐतिहासिक अभियान समेत भएको उल्लेख गरे । 

    ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र देवदह प्रमुख कमला दिदीले दादी प्रकाशमणीको स्मृतिमा आयोजना गरिएको अभियानलाई देवदहबासीले दिएको साथप्रति आभार व्यक्त गरिन् । उनले रक्तदानलाई ‘विश्व बन्धुत्वको सबैभन्दा ठुलो प्रतीक’ भन्दै निरन्तर मानवीय सेवा कार्यमा लागिरहने प्रतिबद्धता जनाइन् ।

    रक्तदान कार्यक्रममा रक्त सन्चार सेवा केन्द्र बुटवलले प्राविधिक सहयोग गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।