Logo

२०८३, कार्तिक २९गते


images
images

लुम्बिनी–शान्सी सहकार्य : पर्यटन प्रवर्धन र संस्कृति आदान प्रदानमा प्रतिबद्धता

लुम्बिनी–शान्सी सहकार्य : पर्यटन प्रवर्धन र संस्कृति आदान प्रदानमा प्रतिबद्धता

images
  • लुम्बिनी–शान्सी सहकार्य : पर्यटन प्रवर्धन  र संस्कृति आदान प्रदानमा प्रतिबद्धता
    images

    दाङ । पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानको लागि चीनको शान्सी प्रदेशका जनसभा उपसभामुख चाङ चिछुआन नेतृत्वको प्रतिनिधि मण्डलले लुम्बिनी प्रदेशसँग सहकार्य गर्न तत्पर रहेको जनाएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयमा मंगलवार भएको सिष्टाचार भेटवार्तामा चिनियाँ प्रतिनिधि मण्डलले यस्तो प्रस्ताव राखेको हो ।

    images
    images
    images

    भेटवार्तामा लुम्बिनी प्रदेश तर्फबाट सभामुख तुलाराम घर्ती मगर, उपसभामुख मेनुका खाड केसी, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तुल्सी प्रसाद चौधरी, माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजित चौधरी, आन्तरिक मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढामगर, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजी प्रसाद घिमिरे र सचिव दुर्लभकुमार पुन उपस्थित थिए ।

    images
    images
    images

    त्यसैगरी, शान्सी प्रदेशतर्फबाट उपसभामुख चाङ चिछुआन, सुपरिवेक्षण तथा न्यायिक समितिका सभापति कुआन चिआन्सुन, वातावरण तथा स्रोत संरक्षण कार्यसमितिका महानिर्देशक चङ होङ, सामाजिक निर्माण समितिका उपसभापति ताङ छुनछुआन, प्रदेश जनसभा सचिवालयका उपनिर्देशक लिउ योङ, परराष्ट्र मामिला कार्यालयका अनुवादक वु होङसिङ र कार्यक्रम संयोजक लि सु सहभागी थिए ।

    images
    images
    lumbini province .jpeg

    भेटमा दुवै प्रदेशका कानुन निर्माण प्रक्रियाको अवस्था, विशेषता तथा आपसी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको सभामुखका प्रेस संयोजक रुद्रहरी कुँवरले जानकारी दिए ।

    सभामुख घर्ती मगरले हालसम्म चीनका दुई प्रदेशसँग निरन्तर संवाद र भेटघाट भइरहेको बताउँदै लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन चीनसँगको सहकार्य उपयोगी हुने विश्वास व्यक्त गरे । "छिमेकी राष्ट्र चीनसँग अनुभव साटासाट गर्ने विषयमा हामी उत्साहित छौं," उनले भने, "सहकार्यबाट लुम्बिनी प्रदेशलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।"

    शान्सी प्रदेशका उपसभामुख चाङले बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न पाउँदा गर्व महसुस भएको भन्दै संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए । उनले सभामुख घर्ती मगरलाई आफ्नो प्रदेश भ्रमणको निम्तो दिँदै नेपाली विद्यार्थीलाई शान्सीको औद्योगिक विकास र सांस्कृतिक सम्पदाको अवलोकनका लागि समेत निमन्त्रणा गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।