Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

वीरगंज महानगरका विद्यालय थप तीन दिनका लागि बन्द

वीरगंज महानगरका विद्यालय थप तीन दिनका लागि बन्द

images
  • वीरगंज महानगरका विद्यालय थप तीन दिनका लागि बन्द
    images
    images

    वीरगंज । वीरगंज महानगरपालिकाले थप तीन दिनका लागि विद्यालयहरू बन्द गरेको छ । वीरगंजमा गत शुक्रबारदेखि झाडापखाला र हैजाको संक्रमण फैलिएपछि महानगरले विद्यालयहरू थप तीन दिनका लागि बन्द गरेको हो ।

    images
    images
    images

    यसअघि गत आइतबार र सोमबार गरी दुई दिनका लागि बन्द गरिएको विद्यालयहरू मंगलबार हरितालिका तीज पर्वको सार्वजनिक बिदाका कारण बन्द रहेका थिए । वीरगंज महानगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू थप तीन दिनका लागि अर्थात भदौ ११ देखि १३ गतेसम्मका लागि बन्द गरिएको जानकारी दिइएको छ ।

    images
    images
    images

    यससँगै विद्यालयहरू बन्द रहेको अवधिमा विद्यालयको सेवा क्षेत्र भित्र रहेका समुदायमा विद्यालयका सबै शिक्षक र कर्मचारीहरूलाई हैजा नियन्त्रण सम्बन्धी जनचेतना फैलाउनका लागि परिचालन गरिने निर्णयपनि गरेको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जानकारी दिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।