Logo

२०८३, आश्विन १०गते


images
images

आफुलाई हटाउने ट्रम्पको निर्णयविरुद्ध गभर्नर लिसा कुक अदालत जादै

आफुलाई हटाउने ट्रम्पको निर्णयविरुद्ध गभर्नर लिसा कुक अदालत जादै

images
  • आफुलाई हटाउने ट्रम्पको निर्णयविरुद्ध गभर्नर लिसा कुक अदालत जादै
    images
    images

    काठमाडौँ । अमेरिकाको फेडरल रिजर्भका गभर्नर लिसा कुक ट्रम्पको निर्णयविरुद्ध अदालत जाने भएकी छन् ।

    images
    images
    images

    ट्रम्पले लिसा कुकलाई पदबाट हटाउन आदेश दिएका थिए । अब राष्ट्रपति र अमेरिकी केन्द्रीय बैंकबीच द्वन्द्वको अवस्था अदालत पुग्ने भएको हो ।

    images
    images
    images

    लिसा कुकका वकिल एबी डेभिड लोवेलले विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्पलाई फेडरल रिजर्भका गभर्नर लिसा कुकलाई हटाउने अधिकार नरहेको बताएका छन् ।

    images
    images
    images

    ट्रम्पले धितोसँग सम्बन्धित कागजातहरूमा कुकले गलत जानकारी दिएको विश्वास गर्ने पर्याप्त कारण रहेको बताउदै उनलाई हटाउने आदेश दिएका थिए । ट्रम्पले संवैधानिक अधिकारहरू उद्धृत गर्दै आफुले गभर्नरलाई हटाउने अधिकार रहेको उल्लेख गरेका छन् ।

    अमेरिकी राष्ट्रपतिले फेडरल रिजर्भका गभर्नरलाई हटाउने प्रयास गरेको यो पहिलो पटक हो ।

    जुलाईको अन्त्यमा भएको फेडरल रिजर्भको अन्तिम बैठकमा लिसा कुक, जेरोम पावेल र बोर्डका अधिकांश अन्य सदस्यहरूले अमेरिकी ब्याजदर कायम राख्ने पक्षमा मतदान गरेपछि राष्ट्रपतिसँग तनाव बढेको थियो । ट्रम्पले केन्द्रीय बैंकलाई ब्याजदर घटाउन निरन्तर दबाब दिइरहेका छन् र टकरावको स्थिति कायमै छ ।

    लिसा कुकलाई तत्कालिन राष्ट्रपति जो बाइडेनले २०२२ मा नियुक्त गरेका थिए । उनी यो पदमा सेवा गर्ने पहिलो अफ्रिकी-अमेरिकी महिला हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।