बुटवल । मुलुकको वर्तमान राजनीतिक संकट र यसको निकासबारे गहन छलफल गर्न तीन कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू बिहीबार बुटवलमा एउटै मञ्चमा देखिने भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा मुख्य वक्ता रहने अन्तरक्रिया बिहीबार बिहान साढे ११ बजे एसियन होटल, कालिकानगरमा हुने भएको हो ।
सहिद वेपत्ता स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा तीन नेताले मुलुकको बढ्दो राजनीतिक संकटबारे विशेष सम्बोधन गर्नेछन् । पछिल्लो समय यी नेताहरू निरन्तर संवाद र अन्तरक्रिया कार्यक्रममा एउटै मञ्चमा देखिन थालेका छन्, जसलाई वर्तमान परिस्थितिमा अर्थपूर्ण संकेतका रूपमा हेरिएको छ ।
कार्यक्रममा उपेन्द्र यादव पनि सहभागी हुने भनिएको उनी सहभागी नहने जनाइएको छ ।
आयोजकले कार्यक्रमलाई राजनीतिक दिशाबोध गराउने अवसरका रूपमा लिँदै सर्वसाधारणलाई सहभागी हुन आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology