काठमाडौँ । अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ ।
नेपाली टिमले साउथ अस्ट्रेलियासँग यसअघि खेलेका दुवै टी-२० खेलमा हार बेहोरेको थियो । नेपालले यसअघि क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो ।
हाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम अस्ट्रेलियामा रहेको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शहाब आलम रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology