Logo

२०८३, आश्विन ११गते


images
images

साफ यू–१७ महिला च्याम्पियनसिप

नेपाललाई हराउदै भारतले जित्यो साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि

नेपाललाई हराउदै भारतले जित्यो साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि

images
  • नेपाललाई हराउदै भारतले जित्यो साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि
    images
    images

    काठमाडौं । जारी साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।

    images
    images
    images

    थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाललाई ५-० ले पराजित गर्दै भारतले एक खेल अघि नै प्रतियोगिताको उपाधि जितेको हो ।

    images
    images
    images

    भारतको जितमा पर्ल फेर्नानडेज र दिभ्यानी लिन्डाले २-२ गोल गरेका थिए भने निरा चानुले एक गोल गरेका थिए ।

    images
    images
    images

    यो जितपछि भारतको ५ खेलमा १५ अंक भएको छ र उपाधि जितेको छ । त्यस्तै नेपाली टिमले ५ खेलमा चौथो हार बेहोरेको छ । नेपाल ५ खेलमा ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै बंगलादेश ५ खेलमा १० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    अब प्रतियोगिताको अन्तिम खेल आइतबार भारत र बंगलादेश तथा नेपाल र भुटान खेल्ने तालिका रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।