Logo

२०८३, आश्विन १०गते


images
images

ट्रम्पद्वारा कमला ह्यारिसको अतिरिक्त सुरक्षा खारेज

ट्रम्पद्वारा कमला ह्यारिसको अतिरिक्त सुरक्षा खारेज

images
  • ट्रम्पद्वारा कमला ह्यारिसको अतिरिक्त सुरक्षा खारेज
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति कमला ह्यारिसको लागि गोप्य सेवा सुरक्षा खारेज गरेका छन् ।

    images
    images
    images

    कानून अनुसार, पूर्व उपराष्ट्रपतिहरूले पद छोडेपछि छ महिनाको लागि गोप्य सेवा सुरक्षा पाउँछन् ।

    images
    images
    images

    पुर्व राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको अन्त्यमा यो अवधि एक वर्ष बढाउन आदेश दिएका थिए । तर ट्रम्पले एक ज्ञापनपत्र जारी गरेर यसलाई रद्द गरे, जस अनुसार यो अतिरिक्त सुरक्षा सेप्टेम्बर १, २०२५ बाट समाप्त हुने भएको छ । यो निर्णय यस्तो समयमा आएको हो, जब ह्यारिसले आफ्नो पुस्तक '१०७ दिन' को प्रचार गर्न देशको भ्रमण गर्ने तयारी गरेकीछन् ।

    images
    images
    images

    ह्यारिसको गोप्य सेवा सुरक्षा हटाउनुको अर्थ अब उनीसँगै नियुक्त गरिएका एजेन्टहरू, जसले लस एन्जलसमा उनको र उनको सम्पत्तिको सुरक्षा गर्थे, त्यहाँ हुने छैनन् । यससँगै, सम्भावित खतराहरू पहिचान गर्न र रोक्न कुनै गुप्तचर निगरानी हुनेछैन ।

    गत राष्ट्रपति चुनावमा, कमला ह्यारिस ट्रम्पविरुद्ध डेमोक्र्याटिक उम्मेदवारको रूपमा मैदानमा थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।