काठमाडौँ । नेपाली राष्ट्रिय ए क्रिकेट टिमले आज आसाम राज्य टीमसँग तेस्रो खेल खेल्दैछ । यो खेल नेपाली समय अनुसार साँझ ५ बजेदेखि शुरु हुदैछ ।
यस अघि सम्पन्न दुवै खेलमा पहिलो खेलमा नेपाल ए पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ए विजयी भएको थियो ।
नेपाल ए ले अगस्त ३१ मा चौथो र सेप्टेम्बर १ मा पाँचौं खेल खेल्दैछ ।
यो सिरिज खेल्ने नेपाल ए टिममा अनिल साह (कप्तान), अर्जुन घर्ती, ईशान पाण्डे, देव खनाल, तृत राज दास, सन्दीप जोरा, पवन सराफ, मोहम्मद आदील आलम अन्सारी, बसिर अहमद, शेर मल्ल, आकाश चन्द, युवराज खत्री, सुभ कन्साकर, विवेक कुमार यादव, कमल सिंह ऐरी र सागर ढकाल रहेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology