Logo

२०८३, आश्विन ११गते


images
images

कप्तान रोहितको शतकमा साउथ अस्ट्रेलियामाथि नेपाल २ विकेटले विजयी

कप्तान रोहितको शतकमा साउथ अस्ट्रेलियामाथि नेपाल २ विकेटले विजयी

images
  • कप्तान रोहितको शतकमा साउथ अस्ट्रेलियामाथि नेपाल २ विकेटले विजयी
    images
    images

    काठमाडौँ । नेपालले साउथ अस्ट्रेलियाले पराजित गरेको छ । शनिबार सम्पन्न एकदिवसीय खेलमा नेपालले साउथ अस्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य पछाएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।  

    images
    images
    images

    नेपाललाई जिताउने क्रममा कप्तान रोहित पौडेलले १०१ रनको शतकीय पारी खेलेका थिए भने सोमपाल कामीले महत्वपूर्ण अविजित ३८ रनको योगदान गरेका थिए । रोहित र सोमपालले नवौं विकेटका लागि ८३ रनको साझेदारी गरेर नेपाललाई जित दिलाएका थिए ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा अल आउट हुदै २४२ रन बनाएको थियो ।

    नेपाली बलर सोमपाल कामी र नन्दन यादवले ३- विकेट लिएका थिए भने रुपेश सिंह, सन्दीप लामिछाने र शाहाब आलमले एक एक विकेट लिएका थिए ।

    अभ्यास खेलमा नेपाली टिमले साउथ अस्ट्रेलियासँग यसअघि खेलेका दुवै टी-२० खेलमा हार बेहोरेको थियो । नेपालले यसअघि क्रिकेट एसिटीसँग खेलेका दुवै खेल जितेको थियो । योसंगै नेपाली राष्ट्रिय क्रिकेट टिमको अस्ट्रेलिया टूर सकिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।