Logo

२०८३, आश्विन १०गते


images
images

चीन पुगे मोदी

चीन पुगे मोदी

images
  • चीन पुगे मोदी
    images
    images

    काठमाडौँ । भारतीय प्रधानमन्त्री मोदी शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन चीनको तियानजिन पुगेका छन् । जापान भ्रमण सकेर मोदी सिधै चीन पुगेका हुन् ।

    images
    images
    images

     २०२० मा गलवान उपत्यकामा भारत-चीन सैन्य झडप पछि यो मोदीको पहिलो चीन भ्रमण रहेकाले यस भ्रमणलाई विशेष रुपमा हेरिएको छ । अर्कोतर्फ अमेरिकाले कर लगाएपछि सम्बन्ध चिसिएको समयमा मोदीको चीन भ्रमणले विश्वको ध्यान केन्द्रित गरेको छ ।

    images
    images
    images

    मोदीले यसअघि २०१८ मा चीनको भ्रमण गरेका थिए । यो उनको चीनको छैटौं भ्रमण हुनेछ । 

    images
    images
    images

    गत महिना विदेशमन्त्री एस. जयशंकरले चीनको भ्रमण गरेका थिए, जहाँ उनले राष्ट्रपति सी जिनपिङ र विदेशमन्त्री वाङ यीलाई भेटेका थिए । जयशंकरले जलस्रोत तथ्याङ्क साझा गर्ने, व्यापार प्रतिबन्ध, एलएसीमा तनाव कम गर्ने र आतंकवाद र अतिवाद विरुद्ध कडा अडान लिने जस्ता मुद्दाहरूमा छलफल गरेका थिए । मिडिया रिपोर्टका अनुसार, यो बैठकले मोदीको चीन भ्रमणको लागि रोडम्याप तयार पारेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।