Logo

२०८३, कार्तिक २९गते


images
images

नृत्य प्रतियोगिता ‘डान्स अफ देवदह’ सुरु

नृत्य प्रतियोगिता ‘डान्स अफ देवदह’ सुरु

images
  • नृत्य प्रतियोगिता ‘डान्स अफ देवदह’ सुरु
    images

    देवदह । रुपन्देहीको देवदहमा नृत्य प्रतियोगिता ‘डान्स अफ देवदह’ सुरु भएको छ । 'नो भोट, नो एसएमएस, नो टिकट' नारासहित सुरु गरिएको प्रतियोगितामा अडिसन चरणमै ५०० भन्दा बढी प्रतिस्पर्धीले सहभागिता जनाएको आयोजक द फ्लाई हाई डान्स स्टुडियोले जनाएको छ ।

    images
    images
    images

    नृत्यमा रुची राख्ने देवदहका सामुदायिक एवं संस्थागत विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको र कार्यक्रमको उद्धेश्य विशुद्ध प्रतिभाको खोजी गर्ने भएको स्टुडियोका अध्यक्ष तिर्सना पुनको भनाई छ ।

    images
    images
    images

    अडिशनबाट छनोट भएका ८० जना प्रतियोगीलाई कोरियोग्राफर सन्जय विश्वकर्माले प्रशिक्षण दिने र वर्कशपबाट छनोट भएका ३० जनाले दोस्रो चरणमा प्रवेशका लागी प्रतिस्पर्धा गर्नेछन् । तीमध्येबाट उत्कृष्ट १० जना फाइनलिस्ट चयन हुने नृत्य प्रशिक्षक विश्व गुरुङले जानकारी दिए ।

    images
    images

    प्रतियोगितामा पहिलो स्थान हासिल गर्नेले नगद ५० हजारसहित गिफ्ट ह्याम्पर, दोस्रो हुनेलाई २५ र तेस्रो हुनेलाई १५ हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने जनाइएको छ ।

    प्रतियोगितामा करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र ग्रान्ड फिनाले असोजको अन्तिम हप्ता हुने आयोजकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।